Flood_swipe_out_missing_Person

खोज पत्रकारिता केन्द्रले आयोजना गरेको डेटा जोर्नालिजमको तालिममा नक्सा वनाउन सिकेकी थिए । आज पहिलो पटक प्रयास गरे । तर नेपालको पुरा नक्सा देखाउन सकिन । अर्को पटक फेरी प्रयास गर्नेछु । बाढीले वगाएर वेपत्ता भएको समाचार नेपाल खवर डट कमवाट लिएर मैले नक्सा वनाएकी हु ।

म्यार्दि भिरको कथा

म्यार्दि भिर । साच्चै कहाली लाग्दो छ । पहाड जस्तो अग्लो ढुङगालार्इ खोपेर बाटो वनाइएको छ । यो भिर लमजुङ र मनाङ जिल्लाको सीमानामा पर्छ । म्यार्दि भिर खोप्दा सडकको दायाँपट्टी मनाङ तर्फ जादा ढुङगाको केही भाग बाँकि रहेको छ । त्यसले भिरमा बारको काम गरेको छ । त्यही बारको काम गरेको ढुङगाको भित्तामा सिमेन्टको कुर्सी जस्तो आकार वनाइएको छ । कुर्सिमा ढल्केर वस्नलाइ अडेस लगाउने स्थान जस्तोमा कालो मार्वल टासीएको छ । मार्वलमा पहेली रङगमा चामे सडक खन्ड निर्माणको क्रममा ज्यान गुमाएका ३ जना सैनिक जवान र ६ जना सर्वसाधारणको नाम खोपीएको छ । बाटोको छेउमा उभिएर एसो तल तिर हेर्दा आङ नै सिरिङग हुन्छ ।  
      पारी भित्ताहरुमा अहो !  कति ठुला ठुला चट्टानका पहाडहरु । त्यो पहाडलाइ छिचोलेर मस्याङदी नदि वगेको छ । बाटो नै भरी झरनाले मन नलोभ्याउने पनि होइन । तर बाटोका लागि त्यो झरनाहरु खतरा मानिदा रहेछन । अलि पानी वढेसी गाडी आवाज जावतमा समस्या पार्दो रहेछ ति झरनाले । ताल बजार नजिकैको बाटो थोरै सिमेन्टले ढलान गरिएको रहेछ । त्यहा पनि सानो झरना छ । त्यो झरनाको पानी कस्सीएर भुइमा झर्दा उडेको पानी बोकेको हावाका कारण वाटो राम्ररी नदेख्दा कयौ पटक अन्दाजको भरमा गाडि गुडाएको म चढेको जिपका चालक रुपेस लामाले वताए । रुपेसको यो भनाइ सुनेर मन मनै झन डर लागेर आयो । तर डराएर पनि भएन त्यो बाटो जसरी पनि काटेर जानु पर्थ्यो ।
नजिकवाट म्यार्दि भिर 
वेसीशहर बाट चामेको सडक ६५ किलो मिटर छ । बाटो नेपाली सेनाको  सडक निर्माण कार्यदलले वनाएको हो । अतिनै कठिन गरि जिलेटिनको प्रयोग गरेर बाटो बनाइएको छ । सडक डिभिजन कार्यलयका दमौली तनहुँका अनुसार यो बाटो सुरक्षाको हिसावले एकदमै खतरामा पर्दोरहेछ। भौगोलीक रुपमा पनि देश कै कठिन बाटोको सुचीमा कार्यलयले राखेको जनाएको छ । सडक डिभिजन कार्यलय दमौलीका प्रमुख भानु जोशीका अनुसार कर्णाली राजमार्ग भन्दा पनि कठिन सडकका रुपमा यस्लाइ लिइएको छ । यो राम्रो मौसममा मात्र गाडि चल्ने सडक हो । सजिलो ठाँउ बाहेक भिरमा मुस्कीलले बाटोको चौडा ४ मिटर छ कतै कतै त ३ पनि छ । साघुँरो भएका कारण सवारी ओहोर दोहर गर्दा पालो दिने ठाँउ पनि छैन कतिपय स्थानमा । बाटो चौडा गर्ने ठाँउ पनि छैन । त्यसैले साँझ ६ बजे देखि उता सवारी साधनलाइ आवत जावत गर्न प्रहरीले रोक लगाइएको छ ।
टाढाबाट म्यार्दि भिर 
      बाटो खुलेको करिव ४ वर्ष भएको छ । मनाङको सदरमुकाम चामेवाट मनाङ वजारमा गाडि पुगेको त एक वर्ष पनि पुगेको छ । चामेबाट मनाङको वाटो भने त्यति धेरै कठिन छैन । अप्ठयारो ठाँउमा ढलाना गर्न अनी खोलाहरुमा पुल वनाउन यो आर्थिक वर्षमा ५ करोडको ठेक्का लगाइएको छ । तर गएको वैशाख १२ गतेको भुइचालो पछि काम गर्न भने नसकिएको सडक डिभिजन कार्यलय दमौलीलीले जानकारी दिएको छ । भौगोलिक रुपमा भिरालो भएका कारण ग्राभलिङ गर्दा एक वर्ष पनि टिक्दैन । बाटो सुधार गर्न थोरै रकमले पुग्दैन । अरवौ खर्च हुन्छ । अहिले छुट्याउदै आएको वजेटले बाटो मर्मत गर्न छेउ पनि भ्याउदैन । वर्षा याममा असार देखि भदौ सम्म सडक मर्मतको काम गर्न सकिदैन । बर्षको ६ महिना मात्र काम गर्न सकिन्छ । भिरमा पहिरो जाने अनी ढुङगा खस्ने भएकाले पनि काम गर्न चुनौतीपुर्ण रहेको डिभिजन कार्यलय दमौलीका प्रमुख जोशीको भनाइ छ ।
ढुङगा खोपेर वनार्इको सडक म्यार्दि भन्दा केही माथि ताल वजार नजिकैको भिर ।
वेसी शहरवाट मनाङ तर्फ जादा जगत, च्याम्चेत र म्यार्दि भिर अनी चामे भन्दा माथी भ्राताङको वाटो साच्चै अप्ठयारो छ । अजङगका ठुल ठुला चट्टानका पहाडहरु आकासै छोला जस्ता छन । यस्तो भिर पहरालाइ फोरेर नेपाली सेनालाइ बाटो वनाउन निक्कै समय लागेको थियो ।
ढुङगाको वीच भागमा खोपेर वनार्इको बाटो 
 मनाङमा वेस्सरी हिउ परेका कारण म र मेरो समुह थोरङला काटन असमर्थ भयौ । मनाङमा दुर्इ दिन वसेर फर्के । २ वजे मनाङबाट जिप हिड्यो । राति आठ वजे धारापानि पुगे । बाटोमा ससना वजार छन । त्यहाँ रोकिदै जिपको चालकले लुकी लुकी रक्सी खाएको थाहा भयो । म सगै यात्रामा रहेका महेश जी ले रक्सी खाएको सुटक्क मलाइ भने । मनमा चिसो पस्यो । तर यो कुरा म र सुनिता वीच नै गोप्य राख्यौ । अप्ठोरो वाटो त्यसमा पनि राति । चालकले निक्कै नियन्त्रण गुमाएका थिए । म र सुनिता अगाडीको सीटमा थियौ । चालक मातेर टिल्ल भए । उनी हातको स्टेरिङ छोडर म माथि ढल्किए । के गरेको भर्इ भनेर मैले कराए । उनको टाँउको मेरो दाँया कुममा पुगेको थियो । हतार हतार मैले स्टेरीङ समाएर भित्ता तर्फ वटारे । त्यतिन्जेलमा पछाडिको सीटमा वस्ने महेस जी र एक जना यात्री झ्याँल खोलेर हतार हतार निस्किए । धन्न ज्यान जोगियो ।
गाडि साइर्ड दिनलार्इ निक्कै गाह्रो हुन्छ ।
चालकले मादक पदार्थ सेवन गरेको भनी प्रहरी कार्यलयमा उजुरी गर्न साथि सुनिता र म गयौ । पछि अरु यात्रीहरुले पनि साथ दिए । त्यो जिपमा म लगायत ११ जना सवार थियौ । भोली पल्ट विहान चालकलाइ एक हजार जरिवाना तिराएर छोड्यो ट्राफिक प्रहरीले । चामेमा गएको फागुन
(२०७२ फागुन ) वाट मात्र अस्थाइ ट्राफिक प्रहरी कार्यलय स्थापना गरिएको छ । ट्राफिक प्रहरी कार्यलय स्थापना गर्न पुर्व सवारी आवत जावतको काम नेपाल प्रहरीले नै हेरिरहेको थियो ।  प्रहरीका अनुसार यो रुट भएर चल्ने अधिकांश जिपका चालकले पहिला चिसोबाट वच्न भन्दै मादक पदार्थ सेवन गर्थे । जरिवाना र कार्वाही गर्न थालेपछि सेवान गर्न छोडे पनि फाट्टफुट्टले अहिले पनि सेवन गरेको पाइएको छ ।

बाटो कठिन भएकाले यात्रा गर्ने जो कोही पनि साँझ परेपछि बाटो काटिन्छ भन्दै रातमा नहिडेकै राम्रो हुन्छ । गाडिवालाहरुले जाउ भनेर कर गर्दा रहेछन । 


मन्तरे अकुर

पानि रहने छाँट नै देखिएन । अलिक मन कस्तो कस्तो भर्इरहेको थियो । सधै समाचार संकलन गर्न जाँदा फुरुङग हुने मन आज कता कता गह्रुगो लागिरहेको थियो । सम्पादकसँग कसरी सहज हुन्छ त्यसैगरी अन्तवार्ता लिने भन्ने सल्लाह भयो । अकुरको घरमा फोन गरे । जेठि भाउजुले फोन अठार्इन । मैले मेरो परिचय दिए । त्यसपछि अकुरको जेठा दार्इ देव वहादुर तामाङसग कुराकानी भयो । मैले अप्ठ्यारो मानी मानी म तपार्इहरुसग कुराकानी गर्न चाहान्छु अकुरकाबारेमा आउन सक्छु भनेर अनुमति मागे । उनले सहजै अनुमति दिए । "आमा बुवा भने वोल्न सक्दैनन" देव वहादुरले मसग टेलीफोनमा सुनाए । घरको लोकेसन सोधे । भेट्ने समय लिएपछि । एकछिन तयारि गरे । कसरी प्रश्न सोध्नेहोला भनेर ? मेरो प्रश्नले पिडामा भएका बेला झन पिडा हुन्छ की भनेर खुव चिन्ता लाग्यो । रुवाबासी होला । यहि कल्पना गरे । तर पनि उनीहरुसँग कुरा नगरि सुखै छैन । यही कुरा मनमा खेलाउदै म तरहरा अकुरको घर तिर हुइकिए । पानी परिरहेको थियो । पानिमा रुझ्दै अनेकन मनमा कुरा खेलाउदै चारकोसे जंगल छिचोले । फोटो, भिडियो पनि लिनु पर्ने । कुराकानीका लागि मसँग जम्मा जम्मी २ मिनेट समय छुट्यार्इएको छ । चुनौती नै चुनौती ।
लाखमाँया तामाङ (अकुरकी आमा )
      तरहरा पुगेर अंकुरको घरमा फोन गरे । मलार्इ वजारवाट पश्चिम तिर आउनु भनियो । त्यही अनुसार म घर तर्फ गए । दुर्इ तले आर्कषक घर नजिकै पुगे । घरको पहिलो तलाको बाहिर पट्टीको बरन्डामा थुप्रै जना मानिस देखे । अकुरको घर हो की भन्दै यसो नियालेको मात्र के थिए एक जना महिलाले हातले बोलार्इन । अकंरको घर यहि भन्ने संकेत मिलेपछि घर अघि स्कुटर रोके । स्कुटरको डिकीमा राखेको रेकर्डर, मोबार्इल, क्यामेरा  झिके । अनि घर भित्र छिरे । सवैसग परिचय गरे । आफन्त र छिमेकी जम्मा भएका थिए । कहाँबाट कसरी कुरा शुरु गर्ने भनेर एकदमै अप्ठ्यारो महसुस भयो । पानी कति परेको भन्दै अनौपचारिक कुरा गरे । त्यहाँ उपस्थित भएकाहरुले पनि हिजो देखि परेको पानी रोकिएको छैन भने । घर छेउको खाली जग्गामा भ्यागुत्ताहरु यसरी करार्इरहेका थिए की मानौ अकुरको निधनको खवरले रोएको झै भान भो मलार्इ । भ्यागुत्ता किन यति सारो बोलेको भन्दै वरन्डावाट खेततिर हेरे । वरन्डावाट भ्यागुत्ताहरु घाँटी फुलार्इ फुलार्इ कराएको स्पस्ट देखे । पानी पर्दा यसरी नै भ्यागुत्ता कराउने गरेको उनीहरुले सुनाए ।
      अफगानिस्तानको राजधानी कावुलमा भएको अात्मघाति वम हमलामा ज्यान गुमाउने १२ मध्ये अकुर तामाङ एक थिए । मलार्इ कसरी कुरा गरौ भनेर विलखवन्धमा परिरहेको वेला अकुरको निधन प्रति समवेदना व्यक्त गर्न आएकी एक महिला दिदीले  मोरङका एक जना घार्इते भएको कुरा कोट्यार्इन । अकुरको परिवारलार्इ भेटेर छापिएको समाचारपत्र घरमा राखिएको रैछ । अर्की एक महिलाले नागरिक देखाउदै भनिन् "नानी यहाँ समाचार छ।" मैले हेरे अकुरको दाजु भाउजुसग कुरा गरेर लेखिएको समाचार थियो । त्यसपछि वल्ल कुराकानी गर्ने गर्न अलिक सहज भयो । अकुरका जेठा दाजु देव वाहदुरले अकुरको पार्थिव शरिरलार्इ ल्याउनका लागि सहि गरेर पठार्इ सकेको वताए । उनी पनि सात वर्ष सम्म अफगानिस्तान वसेको अनुभव सुनाए । भार्इ अकुर साब्रे इन्टर नेसनल कम्पनी मार्फत अफगानिस्तान गएको वताए । त्यसपछि उनले उहाँ मेरो आमा हो । अहिले ६५ बर्ष पुग्नु भो भनेर आमा तर्फ औला देखाउदै चिनाए । यति कुराकानी गर्दा गदै अकुरका ठुलो आमा र सानीआमाहरु आर्इपुगे । गेटमा दिदी वहिनीहरु देख्न साथ अकुरकी आमा लाख माँया तामाङ फेरी ठुलो आवाज निकालेर रुन थालिन । फेरी कुराकानि रोके । त्यो दुखद घडिको भिडियो खिचे । तस्वीर खिचे । मन मनै कस्तो पेशा  ? अरु रुदा अरुको पिडालार्इ चाख मानि मानि खिचेर वाहिर ल्याउनु पर्ने हो भनेर भुतभुताए । रुवार्इ कम भएपछि एकछिन सन्नटा छायो । सानो एक वालकले किन फोटो खिचेको भनेर मेरो छेउमा आएर सोधे । म अवाक भए ।
बुबा भिम वहादुर तामाङ
      के गर्नु तपार्इहरु पिडामा हुनुहुन्छ । तर पनि म कुराकानी गर्न आएको छु । तपार्इहरुलार्इ गारो लाग्छ भने पनि ठिकै छ कुराकानी नगर्दा पनि हुन्छ । तपार्इहरुको सुझाव मान्न तयार छु भने । अकुरका दार्इले कुरा गरौ न हुन्छ नी भनेर सहजै अनुमति दिए । कुराकानी शुरु गर्दा मैले अकुरको नाम अङकुर भनेर उच्चारण गरे । पत्रपत्रिकाले अङकुर भने तर सहि नाम चाही अकुर हो भनेर मलार्इ सम्झाए । मेरो नाम देव वहादुर हो देवराज लेखेछन । अङकुर भनेर गरेको उच्चारण मैले अकुर भनी सच्याए । उनीसग १५ मिनेट जति कुराकानि गरे । कुरा गर्दा गदै उनी कयौ पटक भक्कानिए । अकुरको निधनको खवर आए देखि परिवारका सदस्य सवै जना सोकमा डुवेका । "मलार्इ सम्हाल्न गाह्रो भर्इरहेको छ" देव वहादुरले भने । बुहारी आउदै छ हेटौडाबाट झन गारो हुने होला अव भन्दै थिए । कुराकानी सकेर म विदा माग्ने तरखरमा थिए । अकुरकी मार्इली भाउजुले चिया खान भान्सामा वोलार्इन । म चिया खाँदिन । ढिला भो जान्छु भने । पानी परिराँको छ । तातो चिया खाएर जानलार्इ उनले कर गरिन् । मैले नार्इ भन्न सकिन् । चियाको एक सुर्को के तानेकी थिए अकुरकी श्रीमती गोमा गोले आर्इपुगिन । फेरी घरमा रुवावासी चल्यौ । म चिया खान छोडेर फोटो खिच्न भिडतिर हिडे । अकुरकी श्रीमती गोमाले आमा लाखमाँयालार्इ च्याप्प अङगालो मारेर आमा के भयो नी भन्दै रुर्इरहेकी थिर्इन । साथमा अरु पनि रोइरहेका थिए ।  रोएको देखेर मेरा पनि आँखा रसाए । फोटो खिच्न नै भुलेछु । एक जना पत्रकार साथिले भने धमाधम भिडियो खिचिरहे । भिडभाड भयो । भिडभाड नगर्नु उता खुला ठाँउमा लानुन आमा र गोमालार्इ मैले अकुरकी जेठी भाउजुलार्इ सुटुक्क भने । नभन्दै अडेसा दिदै आमा लाखमाँया र गोमालार्इ खुला ठाँउमा लगियो । म अलमल्ल परे । घरको बरन्डामा जेठा दार्इ देव वहादु आँसु पुछिरहेका थिए । बिदा माग्न सकिन । समाचार संकलन गर्न आइपुगेका धन वहादुर पुरी पनि डाइरी र कलम लिएर चुपचाप वसीरहेका थिए । फोटो खिच्नु भो भन्दै हातले संकेत गरिरहेका थिए । मैले छैन भनेर टाँउको हल्लाए । यति खेर सम्म म पुगेको चार घन्टा वितेको थियो । मलार्इ घर फर्कन हतार भएर पनि फर्कन सकिरहेको थिइन । पत्रकार हतार हतार आयो । सोधे गए । भन्छन होला भनेर मन भित्र डर भर्इरहेको थियो । भित्र रुवावासी चलिरहेकै थियो । देव वहादुर उठेर वरन्डामा छिरेको पानी वाइफरले सोर्न थाले । अव विदा माग्ने समय यो नै हो भनेर मनमनै फैसला गरे । कुरा कानी गरे दुख दिए नरिसाउनु होला भनेर देव वहादुरसग हात जोड्दै माफ मागे  । "किन रिसाउनु । अव के गर्नु यस्तै भयो । अव रोएर भार्इ आउदैन ।" हात जोडेर विदा मागे । यता भन्सामा मलार्इ दिर्इएको चिया त्यसै थियो । चिया दिने अकुरकी मार्इली भाउजु पनि आँसुका ठुला ठुला ढिक्का खसाउदै देवरलार्इ सम्झदै थिर्इन । एकछिन सम्झाए । रुन छोडिन । त्यसपछि उनीसग पनि विदा मागे । फेरी आउदै गर्नु है भनेर अनुरोध गरिन् । अकुर लाख माँया र ७८ वर्षिया भिम वहादुर तामाङका मन्तरे छोरा हुन ।
अकुरका परिवार 

      पत्रकारिता गर्ने क्रममा कयौ चोटी प्रश्न गर्दा गदै धेरैको आँसु झारियो । रोर्इरहेकालार्इ अन्तवार्ता गर्नु पर्दा सारै मन अमिलो भएका कयौ उदाहरण छन । यस्तो परिस्थितिमा के सोध्ने होला । कसरी कुरा गर्ने होला । कुरा गर्न नपरे नी हुने थियो भन्ने कुरा मेरो मनमा आउछ  । तर पेशा हो गर्नै पर्यो । त्यही भएर पत्रकार सारै कठोर अनी निष्ठुरी हुन्छन भनेर वेला वेला टिका टिप्पणी पनि आएका थुप्रै उदाहरण छन । प्रश्न सोध्दा । विचार पुर्याउन पर्छ । तर यति ध्यान दिदा दिदै पनि कहिले काही पनि चिप्लिहालिदो रहेछ । नसोध्नु पर्ने प्रश्नहरु सोधिदो रहेछ । कस्तो वाध्यता । धन्न अहिले सम्म कसैले यसरी कुरा गर्दा गदै हप्काएका छैनन । रिसएका छैनन । गालि गरेका छैनन । धन्य छु ति महान मन भएका अनी चौडा छाति लिएका सम्पुर्ण समाचारका मेरा पात्रहरुसँग ।  

मनाङ यात्रा भाग दुइ



बहिनी म्यार्दि भिर त आउन नै बाँकी छ भनेर म लगायत मेरो टिम चढेको गाडि धनीले बताएका थिए । विहान उठने वित्तिक्कै उनले भनेको यो शब्द मेरो दिमागमा दोहोरियो । पहाडमा जन्मेको व्याक्तिलाइ के को डर हुन्छ र भन्दै मन वुझाँए । बेसी शहरबाट मनाङ सम्म जिप चल्दा रहेछन । तर नाकावन्दीको असर र पेट्रोल अभावका कारण गएका बर्षहरु जस्तो सहज थिएन् । बाटो पनि सहज थिएन । सानो वाटो भएकाले विपरित दिसावाट आएको गाडिलाइ साइड दिन पनि गाह्रो रहेछ ।तर चालकहरु भने त्यस्तै अप्ठेरो वाटोमा गाडि चलाउदा चलाउदा अभ्यस्त भएसकेको वताए ।

 
चाम्चे भिर



विदेशी पर्यटकहरु कति आए यसको गणनाका लागि धरापानिमा चेक पइन्ट स्थापना गरिएको छ । मनाङ हुदै थोरङ्ला पास जाने अनी लार्के पास जाने पर्यटकहरुले धारापानी चेकपोष्टमा अनिवार्य नाम दर्ता गरेर जानु पर्ने नियम वनाइएको छ । धरापानी काटेपछि अप्ठेरो बाटो शुरुहुन्छ । पहाड र ठुला ठुला ढुङगा खोपेर वाटोहरु वनार्इएका छन् । अझ मनाङ र लमजुङको सीमाना म्यार्दि भिरमा वाटोको ट्रयाक खोल्ने क्रममा १२ जनाको मृत्यु भएको थियो । उनीहरुको नाम म्यार्दि भिरमा रहेको ढुङगामा खोपेर राखिएको छ ।

      वेसीशहर चामे सडक खन्ड निर्माण गरिएको ४ बर्ष भएको छ । ६५ किलोमिटरको दुरी रहेको यो सडक नेपाली सेनाको सडक निर्माण कार्यदल गणले निर्माण गरेको हो । यस वर्ष २०७२ मा मनाङको सदरमुकाम चामे देखि मनाङ बजार सम्म कच्चीवाटो पुगेको छ ।
      चामे सदरमुकामवाट २ दिनमा मनाङ पुगियो । लेक नलागोस भनेर विस्तारै हाम्रो टोली चामेवाट पैदल हिडेको थियो । चामेबाट एकजना सहयोगिले हाम्रो यात्रालाइ सहज वनाइ दिए । भएभरको झोला उनले नै बोकी दिए । त्यसबापत दैनिक ज्याला र खाजा खाना खर्च व्यहोर्नु पर्ने सम्झौता भयो । दुइ दिनको हिडाइपछि मनाङ पुग्न सफल भइयो । मनाङ पुगेको दिन साझ हाम्रो समुहलाइ हिउले स्वागत गर्न शुरु गरेको थियो ।
मार्दि भीर
       बाटोमा देखिने सेताम्मे हिमालको दृष्य अनी गुरुङ सस्कृति झल्कने मानेहरु र वरीपरि बार बनी उभिएका अजङगका नाङगो पहाडको दृष्यले हिड्दाको थकान मेटेको थियो । त्यहाको सुन्दरतालाइ क्यामराले कैद गर्न सम्म गरे । तर पनि कहिल्यै मन भरिएन । जति फोटो खिचे पनि खिचुखिचु लाग्ने दृष्यहरु छन । मनाङ पुग्न लाग्दा हिउले खाएर वनेका माटाका कलात्मक ढिस्काहरुको त के वयान गरु शब्द नै छैन । 
सडक निर्माणका क्रममा ९ जनाले ज्यान गुमाएका थिए ।

मनाङ यात्रा भाग एक

दशैले छपक्क छोपिएको थियो । आमा बुवा दशैमा छोरी आउछ भन्दै बाटो हेरेर वसेका थिए । भुकम्पको कम्पनको त्रास राम्ररी सेलाउन नपाउदै कैलाली जल्यो । कैलालीसगै मधेसमा आगो वल्यो । मधेसमा आक्रान्त भइरहोको वेला फेरी भारतिय नाकावन्दी थपीएको थियो । इन्धन र पेट्रोलियम पदार्थको अभावका कारण दैनिक जिवन सारै कष्टकर वन्दै गइरहेको थियो । राजनितिक अवस्थाका कारण देशमा केही गर्ने तम्सेका युवाहरु साच्चै निरास हुदै थिए । यसै क्रममा साथी सुनिताले मनाङ मुस्ताङ हुदै थोरङला पास गर्ने योजना सुनाइन । उनको योजनामा म पनि लोभिए । कामको तनाव त्यतिक्कै थियो म माथि । यही तनाव कम गर्ने आसाका साथ साथीहरुसग म मनाङ यात्रामा निस्किए । साझको चार वजे धरानको वरगाछिवाट गाडी चढियो । इटहरी वस पार्कमा करिव हामी सात घन्टा वस्नु पर्यो । मधेस आन्दोलनका कारण पुर्ववाट पश्चिम जाने यात्रुवाहक वस अनी मालवाहक ट्रकहरु इटहरीमा जम्मा हुन्थे अनी एकै चोटी प्रहरी सुरक्षामा साढे १० देखि ११ वजे भित्रमा गनतव्य प्रस्थान गर्थे । पुर्व क्षेत्रीय प्रहरी कार्यलयका अनुसार करिव दैनिक ५ सय भन्दा वढी सवारी साधनहरु यसरी प्रहरीको सुरक्षामा वर्दिवास सम्म पुर्याइन्थ्यो । पश्चिमवाट आउने सवारी साधन बर्दिवासमा जम्मा हुन्थे अनी पुर्व आउने गर्दथे । रातभरी सार्वजानिक सवारी साधन र मालवाहक ट्रकहरु प्रहरीको सुरक्षामा यो ब्लग लेख्दा सम्म ओहोर दोहोर भइरहेका छन ।
अान्दोलकारीको ढुङगाले सीसा फुटेका वस । 

      पुर्ववाट पश्चिम अनी पश्चिमवाट पुर्व चल्ने यात्रुवाहक वसका अगाडिको सीसा अनी झ्यालहरु सवै फुटेका छन । कसैले प्लाष्टिक लगाएका छन । कसैले जाली लगाएका देखिन्छ । ढुङगाले नहानेको कुनै पनि वस बाकी छैन होला सायद । मधेसवादी दलहरुको कार्यकर्ताहरुले ढुङगा हानेका कारण वसका सीसाहरु फुटेको यात्रा गर्ने यात्रीहरुले वताए । यसरी दैनिक यात्रुवाहक वसमा ढुङगा हानिन्थे । अहिले यो यात्रा सम्मरण तयार गरिदा सम्म कम भएको छ पहिला भन्दा । म लगायत मेरो समुहमा अरु चार जना साथीहरु पोखरा जाने वसमा थियौ । पेट्रोलियम पदार्थको अभावका कारण  इटहरि पश्चिम लाग्ने वित्तिक्कै सडकको बाया पट्टी छेउमा खानेपानीको वोतल भरी भरी पेट्रोल राखिएका देखिन्छ । वस रोकिने वित्तिक्कै पेट्रोल पेट्रोल भन्दै विज्ञापन गर्छन व्यापारीहरु । पेट्रोल वोकेको सवारी साधनमा आगो लागेको कारण सवारी साधनमा पेट्रोलियम पदार्थ नवोक्न भनी सरकार अनुरोध गरिरहेको थियो । तर म चढेको पोखरा जाने वसमा भने टन्न पेट्रोल थियो । वस भित्र ड्रम नै राखिएको थियो । हिडदा हिडदै बस रोकिन्थ्यो । यात्रुहरु चढाउन रोकेको होला भनेर झ्यालवाट चिहाउदा थाहा हुन्थ्यो ड्रममा पेट्रोल अनी डिजल पो चढाएको चढाइएको रहेछ । अहो म त बमको माथि वसेर यात्रा गरिरहेकी छु जस्तो लाग्यो । एकदम डर लाग्यो । बस भित्र ढुङ डुङती पेट्रोलको गन्ध आइरहेकाले टाउको नै भारी भयो ।
      दशैको समय त्यसमा पनि सीमीत सवारी साधन सडको वाया पट्टटी यति धेरै यात्रुहरु हात हल्लाउदै उभिएको देखिन्थ्यो । तर वसहरु खालि नभएकाले सुइया हुइकाइ हाल्थे । सारै विजोग देखियो यात्रीहरुको । जतासुकै रोकियो भने आन्दोलनकारीले ढुङगा हान्ने पिर पनि त्यतिकै थियो । झ्याल वन्द गरेर गर्मीमा निस्सासिदै वस्न वाध्य भए । गर्मी भयो पंङखा चलाउ भनेको वेला वल्ल पंखा चलाउथ्यो वसवालाले । वातानुकुलित वस भने पनि खै किन हो त्यो वातानुकुल भने एक पटक पनि चलाएनन । १० मिनेट सम्म पंखा चलेपछि फेरी रोकिदिन्थ्यो किन हो कुन्नी । सारै कष्टपुर्ण भयो यात्रा । एकातिर आन्दोलनकारीले ढुङगा हान्छन की भन्ने पिर अर्को तिर अति प्रज्वलनसील पेट्रोलिय पदार्थ सल्केला की भन्ने पिरले रातभरी वसमा निदान पनि सकिएन । धन्न हामी हिडेको दिन वसमा ढुङगा वर्सिएन । अगाडि यात्रा गर्ने एकजना यात्री भन्दै थिए वैनी भारदहमा ढल्केवरमा काठमाडौवाट आउदा हाम्रो वसमा असिना वर्से झै ढुङगा वर्सिएको थियो । धन्न हामी कसैलाइ केही भएन । के गर्नु कामले यात्रा गर्नु परेको छ । नहिडु भने नी नहुने ।" भन्दै आफनो तितो यात्रा अनुभव साटे म सग ।  
यात्रा अनुभव क्रमश प्रकाशित हुनेछ ।